काठमाण्डौंः नेपाल प्रहरीका सईहरुको बढुवा रोकिएको छ । २०६१ सालमा सई भएकाहरु १७ बर्षदेखि एउटै पदमा रहनु परेको तितो सत्य कायमै छ ।
सईबाट इन्सपेक्टर बढुवा हुनु पर्नेहरुको सुची तय भए पनि पछिल्लो समय गृह मन्त्रालयकै कारण बढुवा रोकिएको स्रोतले जनाएको छ ।
इन्सपेक्टरका लागि खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट छनोट हुनु पर्ने भएकाले लेखापढीमै अन्योल भएपछि बढुवा प्रक्रियामा अन्योलता छाएको स्रोतले जनाएको छ ।
इन्सपेक्टर पदका लागि ६० प्रतिशत खुल्ला र ४० आन्तरिक तर्फबाट बढुवा गर्ने प्रक्रियाले आन्तरिक तर्फका प्रहरीहरुलाई अन्याय भएको भन्दै ६० प्रतिशत माग भएपछि अन्योल भएको थियो ।
प्रहरी प्रधान कार्यलय नक्साल र गृह मन्त्रालय बिच आपसी समन्वयमा पछि ५०/ ५० प्रतिशतमा आन्तरिक बढुवा र खुल्लाको बाटो खुलेसँगै अब छिट्टै बढुवा हुने स्रोतले जनाएको छ । १७ बर्षसम्म एउटै पदमा काम गर्नु पर्ने बाध्यताले बृद्धि विकास र कार्य क्षमतामा ठेस पुगेको छ ।
लामो समय एउटै पदमा रहँदा मोरल डाउन हुने हुँदा कार्य सम्पादनमा समेत ह्रास आउने गरेको सुरक्षाविज्ञहरुको भनाई छ । आम नागरिकको काममा अग्र पंतीमा रहने प्रहरी अधिकारीमा अनावश्यक चिन्ता थपिनुले सुरक्षामा प्रभाव पार्नु हो विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । न्यूजअभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया