असार २३, २०८२ सोमबार July 7, 2025

नेपालमा लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ। वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन्।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरुसँग गरेको एक अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएकाले नेपालमा लगानी गर्न उपयुक्त हुने पनि बताएका छन।

सचिव अर्यालले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एकद्वार प्रणालीमार्फत सेवा दिने नीति लिएको पनि स्पष्ट पारेका छन।

कार्यक्रममा फिनल्याण्डका लागि फिनल्याण्डका राजदुत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगीहरुको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरु बन्दै गएको बताएका छन। उनले फिनल्याण्डका लगानीकर्ताहरु नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत बताएका छन।

कार्यक्रममा नेपाली व्यवसायीहरुले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार