कठमाडौंः पछिल्लाे २४ घण्टामा नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारि दिए।
गत २४ घण्टामा देशभर २० हजार ३६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरस संक्रमणको संकेत अर्थात एन्टिजेन पोजेटिभ देखिएको छ।
यस्तै २४ घण्टामा थप १६८ जनाको मृत्यु भएसंगै नेपालभर मृत्यु हुनेको संख्या प्रवक्ता गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन्। निको हुने दर ७४.९ प्रतिशत छ।
बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया