काठमाण्डौंः बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक ५ जना विरामीको ज्यान भएको छ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएपछि उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये बुटवल उपमहानगरपालिकाका ४ जना र नवलपरासीका १ जना रहेका छन् । मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षीय पुरुष, बुटवल १२ की ५९ वर्षीया महिला र बुटवल १३ का ५२ वर्षीय पुरुष र बर्घाटका ४४ वर्षीय पुरुष छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया