काठमाण्डौंः सप्तरीको कञ्चनरुप नगरपालिकामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज (बिहीबार) कञ्चनरुप भित्रका तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
नोबेल हास्पीटल विराटनगर मा उपचाररत कञ्चनरुप नगरपालिका वडा –८ का ६५ वर्षीय पुरुष र वडा नम्बर –७ का ५५ वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसै गरी कञ्चनरुप वडा –११ की ६५ वर्षीया महिलाको होम आईसोलेसमा मृत्यु भएको छ । उनको उपचार हुँदै गर्दा स्वास्थ्यमा समस्या आएपछि थप उपचारको विराटनगर अस्पताल र राजविराजको अस्पतालले भर्ना नलिँदा सङ्क्रमितलाई पुन आफ्नो घरमै ल्याएपछि आजै मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
एक दिन मङ्गलवार कञ्चनरुप नपा–८ की एक ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । यो सँगै कञ्चनरुपमा दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया