श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप ८९६० जनामा कोरोना संक्रमण – ५ हजार ५५ जना निको भएर डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी ८ हजार ९ सय ६० कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ५ हजार ५५ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख २१ हजार ५ सय १८ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४.६ प्रतिशत पुगेको छ। हिजाे पनि निकाे हुने दर ७४.६ थियाे ।

हालसम्म १ लाख हजार ५ हजार २ सय ७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ४ सय ९७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ४ सय ७४ र एन्टीजेन विधिबाट ७ सय ७१ गरी कुल २० हजार २ सय ४५ जनाको काेराेना परीक्षण गरिएको छ। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या २७ लाख १२ हजार ५ सय ६२ जना पुगेको छ।

गत २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याे संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेकाे मृतककाे संख्या समेत थप गरिएकाे मन्त्रालयले जनाएकाे छ। हिजाे १ सय ६८ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे थियाे। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ४ हजार ४ सय ६६ जना पुगेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार