असार २५, २०८२ बुधबार July 9, 2025

२ जेठ २०७५ मा फर्किन ओली सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।

एमाले सचिव गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।

‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ विष्टले भने । वरिष्ठ नेता नेपाल समूहले भोलि २ जेठ आइतबार फर्किने विषयलाई ‘बटमलाइन’ बनाउँदै आएको छ ।

कार्यदलमा रहने नेता टुंगो शनिबार ओली र नेपालले लगाउनेछन् । पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता जोगाउने विषयमा ओली र नेपाल सहमत देखिएकाले कार्यदल बनाउने सहमति जुटेको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि बिहीबार ओली र नेपालबीच छलफल भएको थियो । त्यसपछि दुवैतर्फका दोस्रो तहका नेतासहितको छलफल शुक्रबार भएको हो ।

‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो,’ बैठकपछि नेपालनिकट नेता रघुजी पन्तले भने ।

छलफलमा ओलीसहित सो समूह नेता एवं एमाले महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तसमेत सहभागी थिए । ओली समूहबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापासमेत छलफलमा सहभागी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट आएका नेताको जिम्मेवारीलगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति पनि भएको छ । अब गठन हुने कार्यदलले यी विषयमा छलफल गरेर प्रतिवेदन बुझाएपछि कार्यान्वयन गरिनेछ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर, आफूलाई सहयोग गर्दै आएका पूर्वमाओवादी केन्द्र नेतालाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा रहेका छन् ।

नेपाल समूहले २ जेठ २०७५ पार्टी कमिटीका बैठक राखेर एमाले प्रवेश गरेकालाई सहभागी गराउन सकिने बताउँदै आएका छन् ।

यसैबीच, शुक्रबार वरिष्ठ नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् । छलफलमा केन्द्रीय सदस्यले २ जेठ २०७५ बाट पछि हटेर सहमति नगर्न नेता नेपाललाई सुझाव दिएका छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार