असार २६, २०८२ बिहिबार July 10, 2025

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

संक्रमण दर बढेसँगै सर्वोच्चले प्रविधि प्रयोगसहित ‘भर्चुअल’ बहस पैरवी गर्न सक्ने निर्णय गरेको छ । यसअघि, कोभिड–१९ संक्रमण बढ्दै गएको र त्यसबाट सतर्कता अपनाउने भन्दै सर्वोच्चले बन्दीप्रत्यक्षीकरण र कोभिड तथा जनस्वास्थ्यसँग सम्बन्धित निवेदन मात्र दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो भने नियमित सुनुवाइमा संकुचन ल्यायो । जसले गर्दा मौलिक हकसम्बन्धित मुद्दा सुनुवाइ रोकिन पुगेको थियो ।

यसअघि, गम्भीर संवैधानिक मुद्दा सुनुवाइसमेत बन्द भएको थियो । सर्वोच्च लगत्तै विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतले पनि नियमित सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चले यसअघिको पूर्ण बैठकले गरेको निर्णय सच्चाउँदै अब संवैधानिक व्याख्या, मौलिक हकसँग जोडिएका सम्बन्धित विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित नेपालको संविधान धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरुरी प्रकृतिको रिट निवेदन दर्ता र सुनुवाइसम्बन्धी काम कारबाही अघि बढाउने निर्णय गरेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२०८२ असार २६, बिहिबार
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८२ असार २६, बिहिबार
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०८२ असार २६, बिहिबार