असार २५, २०८२ बुधबार July 9, 2025

तरल अक्सिजन आयात गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।

भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ । यस्तै निगमले खरिद गर्नका लागि सरकारको अनुमति चाहिने भएकाले अनुमतिका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि छलफल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । प्रवक्ता उपाध्यायले भने, “महामारीमा अहिले अक्सिजनको अभाव छ । त्यसो भएको हुनाले निगमले तरल अक्सिजनका लागि समन्वय र सहजीकरण गर्न खोजेको हो, हामीले सीधै खरिद गर्न मिल्दैन । आपूर्ति मन्त्रालयले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिए हामीले ल्याउन पहल गर्छौं ।” गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार