श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । वार्डमा अहिले २४ सङ्क्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा दुई भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सुविधा रहेको डा गौतमले जानकारी दिए ।

उनका अनुसार भेन्टिलेटर र सघन उपचार कक्षको सङ्ख्या बढाउँदै लगिनेछ । कोभिड वार्डमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले ठूलो समस्या नपर्ने अनुमान गरिएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा र धेरै अक्सिजन चाहिने सङ्क्रमित आएमा भने अस्पतालको प्लान्टले नधान्ने उनको भनाइ छ ।

प्रदेश, सङ्घीय सरकार र दातासँग भेन्टिलेटरलगायतका उपकरण माग गरेको डा गौतमले जानकारी दिए । उनले भने, “वार्डलाई सकेसम्म सुविधा सम्पन्न बनाइने छ ।” जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गरेको हो । यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् । ४५० श्ययाको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् । कोभिड वार्ड सञ्चालनमा आए पनि क्यान्सरका बिरामीको उपचार भने नरोकिने उहाँको भनाइ छ ।

यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको हो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार