मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टी- ६६४८ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट १९ हजार ५ सय ३९ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको थियो।

गत २४ घण्टाको अवधिमा १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी, काठमाडौं उपत्यकामा काठमाडौंमा १८८१, भक्तपुर २९२ र ललितपुरमा ४३६ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ६६४८ जना डिस्चार्ज भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया