काठमाडौंः काठमाडौं विश्वविद्यालयले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गर्दे चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । काठमाडौं विश्वविद्यालयको ८९ औं बैठकले झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
विश्वविद्यालयको विज्ञ टोलिले कलेजको प्रारम्भिक निरीक्षण गरेको र निरीक्षण प्रतिवेदन अनुसार उत्त कलेजलाई चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो ।
बैशाख ३१ गते कार्यकारी परिषदको ६२५ औं बैठकले गरेको समेत विश्वविद्यालयले जानकारी दिएको छ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया