श्रावण ११, २०८३ सोमबार July 27, 2026

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने

यो सम्मान सार्वजनिक सेवा, व्यवस्थापन र प्रशासकीय नेतृत्वमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २४ गते । नेपाल जनप्रशासन सङ्घले यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। न्यायिक नेतृत्व, संस्थागत विकास, समावेशी लोकतन्त्र र संक्रमणकालीन न्यायमा उहाँले पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप यो सम्मान प्रदान गर्न लागिएको हो।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्यले यही असार २६ गते विशेष समारोहबीच पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो। सम्मानको राशि दुई लाख रुपैयाँ रहेको छ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालत हुँदै मुलुकको २५औँ प्रधानन्यायाधीशको रूपमा सेवा गर्नुभएको थियो। उहाँका विचार, अडान र फैसलाहरू संक्रमणकालीन न्याय र समावेशी लोकतन्त्रका सन्दर्भमा ऐतिहासिक मानिन्छन्।

सम्मान छनोटका लागि गठित समितिको संयोजकत्व लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले गरेका थिए। समितिमा जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला र निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा आमन्त्रित सदस्यका रूपमा सहभागी थिए।

हेमबहादुर मल्लको सम्झनामा २०७५ सालमा स्थापना गरिएको यो सम्मान सार्वजनिक सेवा, व्यवस्थापन र प्रशासकीय नेतृत्वमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिँदै आएको छ। यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास र डा. भेषबहादुर थापा सम्मानित भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार