श्रावण १२, २०८३ मंगलबार July 28, 2026

माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम

आगामी ५ वर्षभित्र जङ्गलको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ११ साउनः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताउनुभएको छ । माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन ।”

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्ने उहाँले जानकारी दिनुभयो । जङ्गलको सडक निर्माण हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले निकुञ्जको रूख गणना भइरहेको छ । त्यसपछि सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्छ । यो जङ्गलको बाटो त बन्छ, बन्छ ।” यत्रो वर्ष बितिसक्दासमेत जनताले जङ्गलको बाटो नै माग गर्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्षभित्र जङ्गलको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउँदै निर्वाचन सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “माडीलाई विकास गर्नका लागि हामी एक ठाउँमा उभिऔँ । समाजमा जस्तो पनि टिकाटिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौँ ।”

माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउँछु ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार