श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४ लाख ६४ हजार दुई सय नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

देशभर २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ६७ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार