असार २५, २०८२ बुधबार July 9, 2025

काठमाडौंसहित २० जिल्ला अति जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् ।

गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन ?’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए ।

‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिए पनि पर्याप्त छैन ।’

५५ वर्षमाथिका ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाउने मन्त्रालयको योजना रहे पनि सो उमेर समूहका अधिकांश वञ्चित छन् ।

सरकारले जेठ तेस्रो सातासम्म चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अघि बढाए पनि ‘आउने वा नआउने ?’ टुंगो लागेको छैन । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्रमार्फत चिनियाँ पक्षलाई पत्राचार गरिएको छ । भारतबाट खरिद गरिएको १० लाख डोज खोपसमेत आउने निश्चित छैन ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतमा महामारी नरोकिएकाले खरिद गरिएको खोपसमेत पाउन नसकेको बताउँदै आएका छन् । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र खोप पु¥याउन आग्रह गर्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन् ।

यसैबीच, सोमबार देशभर ९ हजार २ सय ४७ मा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५३ को पीसीआर र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

देशभर सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय १४ संक्रमितको निधनसँगै मृतक संख्या ५ हजार २ सय १५ पुगेको छ । सोमबार ५ हजार ७ सय ६७ संक्रमित निको भएका छन् । देशभर ७ सय ८ क्वारेन्टाइनमा छन् ।

त्यस्तै, १ हजार २ सय ५९ आईसीयू र ४ सय संक्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश २ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ५ सय २९ आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, बर्दिया, दाङ, बाँकेसहित २० जिल्ला अति जोखिममा छन् ।राजधानी दैनिक बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार