असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोनाको तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोभिड-१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।

कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर र नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको बताए । ‘पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने अनुमान छ,’ उनले भने ।

कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समेत कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिका लगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताए ।

दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्कुल खुल्ने भएकाले संक्रमणको समस्या निम्तिने उनको भनाइ छ । ‘राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर

दोस्रो लहर ल्याउन सघाए,’ डा अधिकारीले भने, ‘तेस्रो लहर चाँडै फैलिन्छ, अत्यन्त जोखिमपूर्ण स्थिति आउन सक्छ ।’ बालबालिकाका लागि खोपसमेत नभएकाले स्वास्थ्यमा जनशक्तिलगायत पूर्वाधार व्यवस्था तत्काल गर्नुपर्नेमा उनले जोड दिए ।

कोरोना भाइरसले सहजै रूप परिवर्तन गरिरहेकाले तेस्रो लहरमा बालबालिकालाई तीव्र गतिमा समस्यामा पार्ने डा. बिच्छाको अनुमान छ । ‘हालसम्म बच्चाका लागि कुनै खोप छैन । अमेरिकामा फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो तर त्यो तत्काल यहाँ आउने सम्भावना देखिँदैन । बच्चाको खोप छिट्टै नआउने भएकाले तस्रो लहरमा उनीहरू नै सर्वाधिक पीडित हुने आकलन हो ।’ कान्तिपुर दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२०८२ असार २६, बिहिबार
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८२ असार २६, बिहिबार
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०८२ असार २६, बिहिबार