मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपालमा तीनवटा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ।

गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो। भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ। यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया