मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाडौं उपत्यकामा एकैदिन थपिए २ हजार ६३५ कोरोना संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६३५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार मुलुकभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९६ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया