काठमाण्डाैंः साताको चौथो दिन बुधबार आज सुनचाँदीको भाउ ओरालो लागेको छ । हिजो मंगलबार एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ कमि आएको हो ।
सुनको भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । हिजो तोलामा ३५ रुपैयाँ बढेर १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँ घटेर १३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया