श्रावण १४, २०८२ बुधबार July 30, 2025

आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले आरोहण खुला भए पनि अहिलेसम्म आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी गरेको छ । पर्यटन विभागले मन्त्रालयसमक्ष यस्ता ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको हो ।

‘आरोहणको सम्भावना रहेका तर, प्रवद्र्धनको अभावले ओझेलमा परेका हिमालमा शत प्रतिशत रोयल्टी छूटको सिफारिस मन्त्रालयमा पठाएका छौं’, विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘यी हिमालको प्रवद्र्धन नेपाल पर्वतारोहण संघमार्फत गर्ने योजना छ ।’

विभागको तथ्यांकअनुसार अहिले नेपालमा कुल ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । त्यसमध्ये ८५ वटा हिमालमा मानव पाइला पुगेको छैन ।

आरोहणको रुट तयार गरिएको र आधार शिविरसम्म आधारभूत सुविधा लैजानसक्ने अवस्था रहेका हिमाललाई सम्भाव्यताका आधारमा खुला गरिएको छ ।
खुला गरिएका हिमालमध्ये ३ सय २९ चुचुरोमा आरोही पुगेका छन् । त्यसमध्ये सगरमाथा सबैभन्दा धेरैले आरोहण गरेको चुचुरो हो । सुदूरपूर्व र सदूरपश्चिमका धेरै हिमालमा अझै पर्यटक पुर्‍याउन सकिएको छैन । ताप्लेजुङ, दार्चुला, बझाङ, हुम्लालगायत जिल्लाका धेरै हिउँ चुचुरोको अवस्था पनि उही छ ।
सबैभन्दा बढी पर्यटक पुग्ने सगरमाथामा भने आरोहण प्रारम्भ भएयता ५ हजार ८ सय ६४ जना आरोही चुचुरोमा पुगिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार