भाद्र ११, २०८३ बिहिबार August 27, 2026

आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले आरोहण खुला भए पनि अहिलेसम्म आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी गरेको छ । पर्यटन विभागले मन्त्रालयसमक्ष यस्ता ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको हो ।

‘आरोहणको सम्भावना रहेका तर, प्रवद्र्धनको अभावले ओझेलमा परेका हिमालमा शत प्रतिशत रोयल्टी छूटको सिफारिस मन्त्रालयमा पठाएका छौं’, विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘यी हिमालको प्रवद्र्धन नेपाल पर्वतारोहण संघमार्फत गर्ने योजना छ ।’

विभागको तथ्यांकअनुसार अहिले नेपालमा कुल ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । त्यसमध्ये ८५ वटा हिमालमा मानव पाइला पुगेको छैन ।

आरोहणको रुट तयार गरिएको र आधार शिविरसम्म आधारभूत सुविधा लैजानसक्ने अवस्था रहेका हिमाललाई सम्भाव्यताका आधारमा खुला गरिएको छ ।
खुला गरिएका हिमालमध्ये ३ सय २९ चुचुरोमा आरोही पुगेका छन् । त्यसमध्ये सगरमाथा सबैभन्दा धेरैले आरोहण गरेको चुचुरो हो । सुदूरपूर्व र सदूरपश्चिमका धेरै हिमालमा अझै पर्यटक पुर्‍याउन सकिएको छैन । ताप्लेजुङ, दार्चुला, बझाङ, हुम्लालगायत जिल्लाका धेरै हिउँ चुचुरोको अवस्था पनि उही छ ।
सबैभन्दा बढी पर्यटक पुग्ने सगरमाथामा भने आरोहण प्रारम्भ भएयता ५ हजार ८ सय ६४ जना आरोही चुचुरोमा पुगिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
हिमालयन रिइन्स्योरेन्सकी सिइओ पौडेल पक्राउ
२०८३ भाद्र ११, बिहिबार
बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
२०८३ भाद्र ११, बिहिबार
एमाले सुदूरपश्चिमले बाढीपहिरो प्रभावितलाई एक लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी
२०८३ भाद्र ११, बिहिबार
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार