काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप २ सय ४६ संक्रमितको मृत्यु भएको छ । देशभर क्वारेन्टाइनमा ८५४ जना रहेको उनले जानकारी दिए ।
योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाण्डौं उपत्यकामा २४८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भत्तपुरमा २२८, ललितपुरमा २७० र काठमाण्डौंमा १९८८ जनामा संक्रमण पुष्टि भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया