काठमाडौंः साताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कामय भएको छ । हिजो ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदीको मुल्य आज १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया