मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

माधव नेपालले मेरो हस्ताक्षर दुरुपयोग गरे : सांसद जय कुमार राई (पत्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रतिनिधि सभा सदस्य एवं सत्तारुढ नेकपा एमालेका सांसद जय कुमार राईले बरिष्ट नेता माधव कुमार नेपालले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको बताएका छन् ।

सांसद राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै आफ्नो हस्ताक्षर समेत प्रयोग गरी राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा शेर बहादुर देउवालाई प्रस्ताव गरिएको भनी सञ्चार माध्यमबाट थाहा पाएकोले त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको र आफु नेकपा एमालेको प्रतिनिधि सभा सदस्य भएको र अन्य पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर नगरेको जानकारी गराएका हुन् ।

आजै शेर बहादुर देउवाले आफूलाई १४९ सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री दाबी गर्नु भएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफुलाई १५३ सदस्यको समर्थन रहेको भनी प्रधानमन्त्रीको दाबी गरेका छन् ।

सांसद राईले राष्ट्रपतिलाई लेखेको पत्रः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया