मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम -सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रतिनिधीसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका छन् । सभामुख सापकोटाले शनिवार एक वक्तव्य जारी गर्दै  संसद् विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरीत भएको दाबी गरेका हुन् ।

जारी विज्ञप्तीमा सापकोटाले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रूपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’

संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद् विघटन गरिएको समेत उनले बताएका छन् ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया