मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

‘राष्ट्रपतिलाई तपाँई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’- प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिलाई तपाईं भनेर सम्बोधन नगरेको भन्दै आपत्ती जनाएका छन् ।

शनिबार (आज) बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे। उनले भने, ‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन्। असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन्।

नेपाली कांग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया