असार २५, २०८२ बुधबार July 9, 2025

चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अगाडि बढेको स्पष्ट गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका सबै आयुक्त र सचिव गएका थिए । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको अवस्था र निर्वाचन गर्नुपर्ने कारणलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिंदै तुरुन्तै निर्वाचन व्यवस्थापनको काम थाल्ने विषयमा कुराकानी भएको बताए । उनले भने, “निर्वाचन आयोग भोलिदेखि नै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्न क्रियाशील हुनेछ ।”

निर्वाचनका लागि कानुनी प्रावधानअनुसार आयोगको काम अगाडि बढ्ने स्पष्ट पार्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन घोषणा भएदेखि मतदाता नामावली दर्ता रोक्नुपर्ने कानुनी व्यवस्था छ । तसर्थ आइतबारबाट यो कार्य रोकिने छ ।”

सकेसम्म एकै चरणमा चुनाव गर्ने, सुरक्षाको व्यवस्था, आवश्यक बजेटको तयारी र स्रोत–साधनको तयारीमा आयोग जुट्ने थपलियाले स्पष्ट पारे । निर्वाचनका लागि पर्याप्त समय भएको चर्चा गर्दै उनले १२० दिन आवश्यक पर्नेमा त्योभन्दा बढी नै समय भएको बताए । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार