मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अबको ४ हप्तामा नेपालमा कोभिड संक्रमण घट्दै जाने मन्त्री त्रिपाठीको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले अबको ४ हप्तामा नेपालमा कोभिड संक्रमण घट्दै जाने प्रक्षेपण गरेको छ ।

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भर्चुअल प्रेस मिटमा मन्त्री हृदयेश त्रिपाठीले अहिलेको दरलाई हेर्दा अबको ४ हप्तामा संक्रमण घटेर जानसक्ने अनुमान रहेको बताउनुभएको हो ।

नेपालमा अहिले भरतमा पहिलोपटक देखिएको बी १–६१७–२ भेरियन्ट सक्रिय रहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

नेपालमा अहिले सबैभन्दा बढी ३० देखि २९ बर्षका नागरिकमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै मृत्यु हुनेमा सबैभन्दा धेरै ६० बर्षमाथिका नागरिक छन् ।

नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ, जसमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसन र ७ हजार ३७८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया