काठमाडौंः सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता नभएको जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
केही सञ्चार माध्यमले प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणबीच भेटवार्ता भएको समाचार प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै सहप्रवक्ता ढकालले विज्ञप्तिमार्फत प्रष्ट पारेका हुन् ।
सर्वोच्च अदालतले समाचारमा सत्यता नभएको र यसले न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै खेद व्यक्त गरेको छ । अदालतमा दर्ता हुन आएका विवादसँग जोडेर न्यायसम्पादन कार्यलाई प्रतिकुल प्रभाव पार्ने गलत मनसाय राखेर समाचार प्रकाशत गर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया