श्रावण ५, २०८२ सोमबार July 21, 2025

बजेट अधिवेशनको पूर्वसन्ध्यामा माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्।

सर्वाेच्च अदालतले नेकपाबाट पूर्वनेकपा एमाले-माओवादीमा पूर्ववत् रुपमा फर्काएको ३ महिनापछि माओवादीले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएर त्यसविरुद्ध सडकमा उत्रिएका थिए। पछि सर्वाेच्च अदालतले नेकपाको एकता भंग गरेर दुवैलाई पूर्ववत् रुपमा फर्काएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया