काठमाण्डौंः नेकपा एमालेका नेता भिम रावलले विश्वासको मत प्राप्त गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन् । आज प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न सफल मुख्यमन्त्री भट्टलाई उनले ट्वीटर मार्फत बधाई दिएका हुन् ।
त्यस्तै मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको भन्दै उनले बधाई दिएका छन्।
रावलले ट्वीट गर्दै भनेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई । विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? ’
३० मत विश्वासको मतको पक्षमा छ भने ९ मत विपक्षमा खसेको थियो । ५२ प्रदेश सभा सदस्यमध्ये सभामुख बाहेक ५१ जना छन्। जसमध्ये माओवादी केन्द्रको १३, एमालेको १७ गरि जम्मा ३० मत पक्षमा खसेको थियो। ओली पक्षीय ७, जसपाको २ गरी जम्मा ९ मत विपक्षमा खसेको थियो। यस्तै, कांग्रेसको १२ जनाको मत तटस्थ रहेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया