काठमाडाैंः सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गरे पनि माधवकुमार नेपाल समूहले एमाले छाडेर कांग्रेस र माओवादीलाई काँध थापेर अघि बढ्ने संकेत दिएपछि प्रधानमन्त्रीले ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो ।
मन्त्रिपरिषद् विस्तारमा सबैभन्दा बढी जनस्तरबाट महेश बस्नेतको माग भएको छ । पूर्वमन्त्री समेत रहेका बस्नेत एमालेका प्रभावशाली नेता हुनुहुन्छ । उहाँलाइ गृह मन्त्रीको रूपमा हेर्न चाहेको भन्दै हजारौँ युवाले क्याम्यियन नै चलाएका छन । बस्नेतले भने पार्टी र प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिए पूरा गर्ने बताउँदै अहिलेसम्म आफूले त्यस्तो कुनै संकेत नपाएको बताउनुभएको छ ।
महेश बस्नेतलाइ नचाहने कतिपय गिरोहले अहिले केही मिडियामा लगानी नै गरेर राष्ट्रपतिले नचाहेकाले बस्नेत मन्त्री हुन नसक्ने भन्दै भ्रम पनि बाँडिरहेका छन् । बस्नेतले भने यस्ता भ्रमहरूप्रति आफू जानकार रहेको बताउनुभएको छ । त्यस्तै आफ्नै सरकारका मन्त्रीका विरूद्धमा भाषण गर्दै मिडिया क्याम्पेनिङ समेत गर्न भ्याएका खगराज अधिकारी समेत मन्त्री हुन रहर गर्नेमा अंग्रपंक्तिमा रहनुभएको छ । उहाँले मन्त्री हुनैका लागि धेरै पटक खुट्टा उचाल्नुभए पनि माथिल्लो खुट्किलामा टेक्न सफल हुनुभएको छैन ।
एमाले स्रोतका अनुसार मन्त्री हुन रहर गर्नेहरू धेरै भए पनि प्रधानमन्त्रीको आँखामा सीमित व्यक्तिमात्र परेका छन । ओलीले बस्नेतलाई गृह र अधिकारीलाई सञ्चारको जिम्मेवारी दिने विषयमा आफू निकटका केही नेताहरूसँग कुरा गरेको पनि स्रोतले जनाएको छ ।
यसकारण महेश
महेश बस्नेत माथि विभिन्न आरोप लाग्दै आएको छ । बस्नेते युथ फोर्स स्थापना गरेर वाइसियलको आतंक नरोकेका थिए भने हजारौँ रहर लाग्दा युवा सहिद भैसकेका हुन्थ्ये । वाइसिएलको आतकंको प्रतिवाद गरेका कारण कतिपयले बस्नेतको आलोचना गर्ने गरेका छन । पछिल्लो सयम प्रधानमन्त्री ओलीको सत्ता टिकाउन निर्णायक बनेको जसपाको र एमालेको सम्बन्ध बलियो बनाउन बस्नेतले भूमिका खेल्नुभएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत माग्दा १४ जनामात्र सांसद भएको जसपा महेशको मेहनले अहिले २० को संख्यामा पुगेको छ। उनीहरूलाइ सरकारप्रति सकारात्मक बनाउन भूमिका खेल्नेमा बस्नेत प्रमुख पात्र हुनुहुन्छ । त्यसकारण ओलीले बस्नेतलाई गृह मन्त्रालय दिन चाहेको बुझिएको छ । उद्योग मन्त्रीका रूपमा समेत सफल हुनुभएको बस्नेतले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आउनुभएको छ ।-दैनिकीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया