काठमाण्डौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धता जनाएका छन् । सभापति देउवाले बुधवार विज्ञप्ति जारी गर्र्दै आगामी भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराएका हुन् ।
पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको भन्दै उनले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको बताए ।
असार र साउन महिनाभर महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्ने भन्दै उनले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीलगायत महाधिवेशनका सबै काम सक्नुपर्ने भन्दै सभापति देउवाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भइ काम भइरहेको जानकारी दिएका छन् ।
हेर्नुस् विज्ञप्ति:
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया