श्रावण ५, २०८२ सोमबार July 21, 2025

संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइनः बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नियत चुनाव गर्नेतिर नभएको बताएका छन् । आज सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन ।’ उनले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको पनि उल्लेख गरेका छन् ।

‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्तत: संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया