श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले बोलाएको बैठक देउवा निवास बूढानीलकण्ठमा दुई बजे बस्नेछ  ।आजको बैठकमा आसन्न महाधिवेशनको बारेमा छलफल हुने जनाइएको छ ।

आगामी भदौसम्ममा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार असारमा वडा तहको अधिवेशन सुरू गर्नुपर्ने भएपनि हालसम्म क्रियाशील सदस्यताको टुंगो नै नलागिसकेकाले महाधिवेशन प्रभावित हुने अनुमान गरिँदैछ । आजको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया