श्रावण ५, २०८२ सोमबार July 21, 2025

काँग्रेस केन्द्रीय समितिको बैठक असार ३ गते (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक असार ३ गते बिहीबार बोलाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी असार३ गते दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बैठक बस्‍ने जानकारी दिएका छन् ।

सभापति देउवा निवाशमा आज बसेको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति ९ दिन पर सारेर १६ देखि १९ भदौमा गर्ने निर्णय गर्न प्रस्ताव गरेको थियो । त्यो प्रस्तावलाई पारित गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।

 

 

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया