असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार: शिक्षण अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले सोमबार प्रेस विज्ञप्तिमार्फत सुधारको जानकारी गराएका हुन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीलाई सीमित व्यक्तिसँग बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री आईसीयुभित्रै सामान्य हिँडडुल गर्न सक्षम रहेको र बोलीचालीमा कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार