वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव गरेको छ ।

कोभिड–१९ अध्यादेशमा कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएगरेका काम कारबाहीसम्बन्धी सूचना सम्बन्धित निकायले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले खोपको विषयमा अलिक संवेदनशील हुनुपर्छ । अन्य देशमा पनि खरिद प्रक्रियालगायतमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त लागू हुने गर्छ ।’ राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया