श्रावण ४, २०८२ आइतबार July 20, 2025

विश्व हिन्दु परिषदद्वारा पर्साको मठमन्दिरका पुजारीहरुलाई राहत वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनबाट प्रभावित पर्साका विभिन्न मठमन्दिरका पुजारीहरुलाई विश्व हिन्दु परिषद नेपालले राहत वितरण गरेको छ ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले बैशाख १६ गतेदेखि देशभरी नै लकडाउन लगाएको थियो ।

लकडाउनका कारण पर्सा जिल्लाका विभिन्न मठमन्दिरहरु निरन्तर बन्द रहेका छन । मठमन्दिर बन्द हुदाँ त्यहाँ रहेका पुजारीलाई दैनिकी चलाउँन समस्या हुदै आएको थियो ।

सरकारले राहत उपलब्ध नगराएपछि विभिन्न सहयोगि दाताले उपलब्ध गराएको राहतले जेनतेन जिविकोपार्जन गर्दै आएका छन् । शुक्रबार परिषद नेपालले उपलब्ध गराएको राहतले पुजारीहरुमा थप मद्दत पुगेको छ ।

विहिपले मठमन्दिरका पुजारीहरुलाई राहत स्वरुप चामल, दाल, नुन, खानेतेल, आलु, प्याज लगायतको आवश्यक खाद्यन्न समाग्री उपलब्ध गराएको परिषदका महासचिव जितेन्द्र कुमार सिंहले बताए ।

विहिपले पर्सा जिल्लामा मात्र नभई देशभरीकै स साना मठमन्दिर जुन ठाउँमा राहतको आवश्यकता छ त्यो ठाउँमा पुगेर आवश्यक खाद्यन्न समाग्री तथा स्वास्थ्य समाग्री उपलब्ध गराउँदै आएको उनले बताए ।

उहाँहरुमा देखिएको अभावलाई थुरै भएपनि राहत उपलब्ध गराएर मल्हम लगाउँने काम मात्र गरेको उनले बताए । विश्व हिन्दु परिषदले आफनो समाजलाई संगठित बनाउँदै विपद् परेको अवस्थामा राहत तथा उद्दार कार्यमा अहोरात्र खट्ने गरेका छन ।

परिषदले असहायलाई भोजन व्यवस्था, मेडिकल शिविर, जाडोयाममा न्यानो कपडा वितरण, निशुल्क योग प्रशिक्षण, आयुर्वेद औषधालय संचालन, युवा लक्षितक स्वरोजकारमुलक प्रशिक्षण संचालन लगायतको आफनो सेवा संचालन गर्दे आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार