असार २८, २०८२ शनिबार July 12, 2025

अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको महाधिवेशन मिति पटकपटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन्। केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगतै सभापति शेरबहादुर देउवा फेरि पार्टीको नेतृत्व लिने तयारीमा जुटेका छन्।

कोरोना भाइरस संक्रमणका बीच महाधिवेशन हुनेमा शीर्ष नेताहरूबाटै आशंका व्यक्त भइरहेका बेला सभापति देउवाले शनिबार प्रदेश १ र २ का निकट केन्द्रीय सदस्यहरूलाई बोलाएर १४औं महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताएका छन्। ‘संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। सभापतिमा म फेरि उम्मेदवारी दिनेछु,’ देउवालाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘सोहीअनुसारको तयारी गर्नुहोला।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि प्रत्यक्षतर्फ धेरै स्थानमा जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गर्दै आएका थिए।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि पार्टीले प्रत्यक्षतर्फको सिट धेरै जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गरेका थिए। त्यसपछि आफ्नो धारणा राखेका उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापासहितका नेताहरूले नेतृत्वमा देउवालाई सहयोग गर्ने बताउँदै अघि बढ्न सुझाएका थिए। केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङले देउवाको उम्मेदवारीमा विरोध जनाएनन्। तर उपभापति विमलेन्द्र निधिले भने आफूले पनि पार्टी नेतृत्वका लागि आकांक्षा राखेको भन्दै टिमलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएका थिए।

‘हामी तपाईंकै साथमा छौं तर उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा राख्नुभएको छ। टिमभित्र सहमति बनाएर जाँदा राम्रो हुन्छ,’ देउवालाई दिएको सुझाव उद्धृत गर्दै एक नेताले भने। जबाफमा देउवाले भने, ‘ऊ (विमलेन्द्र निधि) पनि लड्छ। म पनि लड्छु, सहयोग गर्नुहोला।’

पार्टीभित्र र आमजनतामा सकारात्मक माहोल नभएको भन्दै केही निकटवर्तीले नेतृत्वका लागि फेरि प्रतिस्पर्धा नगर्न देउवालाई सुझाउँदै आएका बेला उपसभापति निधिले एक वर्षअघि भेटेर आफू पनि नेतृत्वका लागि आकांक्षी रहेको बताएका थिए। आफू पार्टी नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै निधिले देउवाको समर्थनमा आफू सभापतिको उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।

देउवाले १४औं महाधिवेशनमा आफैं नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाउँदै निधिलाई १५औंका लागि तयारी गर्न सुझाएका थिए। तर निधिले १४औं महाधिवेशनमा नै उम्मेदवार बन्ने बताएका थिए। त्यसपछि देउवा र निधिबीचको सम्बन्ध बिस्तारै चिसिएको एक नेताले जानकारी दिए।

१४औं महाधिवेशनमा सभापतिको उम्मेदवार को–को बन्छन् भन्ने अहिले नै यकिन नभए पनि संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति निधि नेतृत्वका लागि अघि बढेका छन्। इतर पक्षबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका छन्। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार