असार २७, २०८२ शुक्रबार July 11, 2025

डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड-१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए।

सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो। तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे। कोरोना संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने र सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामीको चाप बढेपछि उनले पूर्ण रूपमा लकडाउन खुला नगर्ने संकेत गर्दै भने, ‘यो मेसिन (एक्सलेरेटर) को गतिलाई अलि कम गर्ने समय हो।’

जर्मनी, फ्रान्स तथा आयरल्यान्डलगायत अन्य युरोपेली राष्ट्रले बेलायती यात्रुलाई कडा प्रतिबन्ध लगाइसकेका छन्। यी सबैको कारण डेल्टा नामक भाइरसको नयाँ भेरियन्ट हो। यसअघि बि.१.६१७.२ नामांकन गरिएको र भारतमा फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको यही भेरियन्टका कारण गत वसन्त क्रतुमा भारतमा डरलाग्दो महामारी फैलिएको थियो। इकोनोमिस्टले यो वर्ष मात्रै भारतमा १० लाख मानिसको मृत्यु भएको आँकलन गरेको छ। भारत मात्र होइन, डेल्टा भाइरस अन्य देशमा पनि तीव्र रूपमा फैलिएको छ। जिआइएसएड नामक डाटा सेयरिङ अभियानका अनुसार यो भेरियन्ट क्यानडा, इन्डोनेसिया, पाकिस्तान, पोर्चुगल तथा रुसमा सबैभन्दा बढी पाइने भेरियन्ट बनिसकेको छ। भारतमा नयाँ भेरियन्ट देखिएपछि भारतसँगको सम्पर्क तोड्न बेलायतले ढिलाइ गरेको थियो र त्यही कारणले यो भेरियन्ट तीव्र रूपमा फैलिन सजिलो बनेको थियो।

बेलायतमा पत्ता लागेको अल्फा भेरियन्टजस्तै यो भेरियन्ट पनि एकजनाबाट अर्काेमा सर्ने उच्च क्षमता राख्ने भएकाले आम नागरिकमा चिन्ता बढेको हो। बेलायतमा देखिएका कोरोना भाइरसका नयाँ केसहरूमा ९० प्रतिशत डेल्टा भेरियन्टका छन्। बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्ड(पिएचई) को एक अध्ययनअनुसार यो भेरियन्ट कोरोना भाइरसको सुरुको प्रजातिभन्दा २.५ गुणाले छिटो सर्छ भने कोरोना भाइरसको सुरुको प्रजातिभन्दा अल्फा भेरियन्ट १.५ गुणा छिटो सर्छ। यसरी डेल्टा भेरियन्ट ब्राजिलमा पहिलोपटक देखिएको गामा, दक्षिण अफ्रिकामा देखिएका बेटा तथा अमेरिकामा देखिएको इप्सिलनजस्ता अन्य भेरियन्टभन्दा अत्यधिक खतरनाक देखिएको छ।

संक्रमितमा गम्भीर प्रकारका रोग निम्त्याउन पनि डेल्टा भेरियन्टलाई जिम्मेवार मानिएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार