श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त सम्मेलन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तीसौं वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित गरेको छ ।

आयोगको आज सम्पन्न भर्चुअल सभामा सो सम्मेलन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, युनेस्को काठमाडौं र अमूर्त संस्कृति प्रवद्र्धन संरक्षणमा कार्यरत संघसंस्था, महानगर-नगरपालिकाको आर्थिक, भौतिक, प्राविधिक, सहयोगमा गरिने जानकारी दिइएको हो । यसै वर्ष गरिने सो सम्मेलन भौतिकरुपमा सम्भव नभए भर्चुअलरुपमा हुने जनाइएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७८-०७९ को बजेट वक्तव्यमा काठमाडौंको जगडोलमा युनेस्कोग्राम निर्माण गर्न कार्यक्रम प्रस्तुत भएकामा उक्त कार्य सम्पादनका लागि स्वीकृत गुरुयोजना अनुसार सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैह्रसरकारी संघसंस्था, निकाय र पदाधिकारीसँग समन्वय र सहकार्य गरी कार्य अगाडि बढाइने पनि सभामा जानकारी दिइयो ।

आयोगका महासचिव एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न सभामा सहायक महासचिव डा बाबुराम अधिकारीबाट प्रस्तुत भावी कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सम्झौताबमोजिम बौद्ध संस्कृति ‘म्युजियम एण्ड म्युजोलोजी’ कार्यक्रम सञ्चालन गरिने, सूचना तथा सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, युनेस्को मुख्यालयको आर्थिक, भौतिक, प्राविधिक सहयोग र समन्वयमा ‘ओपन साइन्स, साइन्स डिप्लोमेसी एण्ड आर्टिफिसियल इन्टेलिजेन्टस’ सँग सम्बन्धित नीति निर्माणमा सहजीकरण गर्ने उल्लेख छ ।

यस्तै दिगो विकासका लागि शिक्षाको राष्ट्रिय कार्यढाँचालाई आधार मानी युनेस्को काठमाडौसँगको आर्थिक प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन तथा आयोगको सिंहदरबारस्थित सचिवालयमा एक आधुनिक पुस्तकालय स्थापना गर्ने कार्यक्रम तय गरिएको सहायक महासचिव डा अधिकारीले जानकारी दिनुभयो । सभाले आगामी आर्थिक वर्षका लागि नियमित, परियोजनागत र अन्य सहयोग गरी करीब रु चार करोडको बजेट पारित गरेको छ भने आयोगको विधान संशोधन प्रस्ताव अघि बढाएको छ ।

आयोगले यस आर्थिक वर्ष युनेस्को नवप्रवर्तनको प्रचारप्रसार, दिगो विकासको लक्ष्य नं.४ मा रहेको शिक्षा विषयमा कार्यशाला, ‘सांस्कृतिक सम्पदा (भौतिक–अभौतिक) संरक्षण एवं सम्वद्र्धनमा युवा अभियान, युनेस्कोग्रामको विकास, युनेस्कोका विषयमा आधारित सार्वजनिक परीक्षण, युनेस्को क्लबसम्बन्धी नेतृत्व विकास तालिम र ‘भूमण्डलीय नागरिक शिक्षा एवं जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसम्बन्धी सचेतना’, ‘रूपान्तरणका निम्ति सिक्नका लागि सिकौँ नागरिक सहभागिता’ विषयक कार्यक्रम गरिएको जनाएको छ । आयोगमा विभिन्न विश्वविद्यालयका उपकुलपति, सामाजिक, शिक्षा, संस्कृति, आमसञ्चार र मानव तथा जीवमण्डल विषयका विज्ञ तथा सरोकार भएकाहरु आबद्ध छन् ।

सभामा मन्त्रालयका सचिव थपलियाले आगामी दिनमा आयोगका गतिविधि समाजका लागि सन्देशमूलक भई प्रभावकारीरुपमा अगाडि बढाउन सरकार र अन्य तहबाट सहयोग र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाज र बजारमा के कुरा आवश्यक छ भन्ने पक्षमा अध्ययन गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार