श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना कहरः यसपाली साउनमा अर्जुनधाराधामको मुख्य मन्दिर नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ ।

साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ । झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ ।

साउन महिनामा पहेँलो र हरियो रङका चुरा, मेहन्दीलगाएर शिवजीको पूजा आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पूर्वको पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगगका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो ।

गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए । यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुल्ने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।

सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थानदेखि भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए । यहाँ आउने भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीको समेत व्यवस्था हुने गरेको थियो ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै मठमन्दिर, सभा समारोहलगायतका सम्पूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत वैशाख २१ गतेदेखि नै पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ । निषेधाज्ञा अवधिमा अर्जुनधाराको मूल मन्दिर बिहान ५ बजेदेखि ७ः३० बजेसम्म नित्य पूजाका लागि मात्र खुल्ने गरेको जोशीले बताउनुभयो ।

“सरकारी नियम पालना गर्छौं”, उहाँले भन्नुभयो, “तत्काल मन्दिर खोल्ने कुनै योजना छैन । यस्तो महामारीका समयमा टाढाका भक्तजन पक्कै आउनुहुन्न । नजिकबाट आउनेहरुले सुरक्षा मापदण्ड अपनाएर मन्दिरबाहिर रहेको शिवलिङ्गमा पूजा गर्न सक्नुहुन्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार