वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सुनको मूल्य घट्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। मंगलबार छापावाल सुन तोलामा २ सयले घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तेजावी सुन घटेर तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि तोलामा २ सयले घटेको छ । बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी सोमबार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया