श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारवाही गर्ने काँग्रेस पदाधिकारीको निर्णय‘

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतसमेत व्यक्तिसँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

छलफल एवं परामर्शपश्चात क्रियाशील सदस्यता छानविन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बस्नेत समेतका व्यक्तिसँग स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारवाहीको टुङ्गो लगाउन पार्टी अनुशासन समितिलाई सभापति देउवाले निर्देशन दिनुभएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रियाशील सदस्यताका विषयमा शुक्रबार बस्नेत लगायतले केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गरेको समाचार सार्वजनिक भएपछि आज बसेको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठकले अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो । – रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार