श्रावण ४, २०८२ आइतबार July 20, 2025

भीमसेन मन्दिर पुनःनिर्माण ९० प्रतिशत सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा परेका थिए ।

निर्माणाधीन मन्दिरमा गारोको काम सकेर छाना छाउने काम अघि बढिरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा थप कोरोना महामारी बढेर बन्दाबन्दी भएन भने अब आउँदो असोजभित्र मन्दिर पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य लिएका छाँै ।” दाताले चन्दा दिने क्रममा इन्भेष्टमेन्ट बैंकले दिन्छु भनेर कबोल गरेको रु एक करोडमा दिन बाँकी रहेको रु ५० लाख हिजो मात्रै मन्दिर पुनःनिर्माण गर्न दिएको महर्जनले जानकरी गराउनुभयो ।

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ स्थायनीयवासी आफँै जुटेर चन्दा सङ्कलन गरी मन्दिरको काम अघि बढाइरहेका छन् । सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएकामा अब केही रकम थप हुने भएको बताइएको छ ।

उक्त मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण मन्दिर पुनःनिर्माणमा ललितपुरवासी स्वयं अग्रसर भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराउनुभयो । मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्वपूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा राखिएको थियो ।

चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन समयको भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रूपमा प्यागोडाशैलीमा निर्माण भएको थियो । मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ भने नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घसंस्थासमेत लागि परेका छन् ।

पाँच पाण्डवमध्येका माइला भाइ भीमसेनलाई नेवार समुदायले आराध्य देवका रूपमा पुज्ने गरेको छ । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास पाटनका व्यवसायीमा रहेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार