काठमाडौंः साउनको पहिलो सोमबार आज देशभर शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहान पशुपतिनाथ परिसर लगायत अन्य शिवालयहरुमा भक्तजनले पूजाआजा गरेका हुन ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निषेधाज्ञा जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिर अहिले पनि बन्द छ । तर पशुपति मन्दिरमा पुगी बाहिरैबाट भक्तजनहरुले दर्शन गरेका छन् ।
आज विहान पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सामान्य देखियो । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरेर फर्किएका थिए। साउनलाई शीवको पूजा गर्ने पवित्र महिना मानिन्छ ।
विशेषगरी महिलाहरुले कोरोनाका कारण घर-घरमै ब्रत बसी पूजाआजा गर्ने गर्दछन् । साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा समृद्धि प्राप्त हुन्छ भन्ने धर्मग्रन्थमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया