काठमाण्डौंः महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गर्नुभएका उहाँ शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आउनुभएको थियो ।
स्थानीयवासीका अनुसार योग गर्नुहुने उहाँले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गर्नुभएको थिएन । पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उहाँको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया