असार २३, २०८२ सोमबार July 7, 2025

संसद् सचिवालयको सम्पूर्ण कारोबार अब सरकारी बैङ्कबाट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसद् सचिवालयको सम्पूर्ण कारोबार अब सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने भएको छ। यसअघि संसद् सचिवालयको कारोबार निजी बैङ्क एभरेष्ट बैङ्कमार्फत हुँदै आएकोमा साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रिय वाणिज्य बैङ्कमा सारिएको हो ।

सांसदहरूले लामो समयदेखि विदेशी निजी बैङ्कमा खाता सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आइरहेका थिए । सांसदहरूले बैङ्क परिवर्तनको माग गरेपछि सभामुखले सरकारलाई कारोबार सरकारी बैङ्क मार्फत हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए।

लामो समयको प्रयत्नपछि निजी बैङ्कबाट हुँदै आएको सङ्घीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् प्रारम्भ गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

सङ्घीय संसद् सचिवालयले २०७७ मङ्सिर १८ गते सरकारी कारोबार गर्ने बैङ्क परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो, संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभामुखको यो पहल पछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्क तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क मार्फत सञ्चालन गर्न निर्देशन दिएको संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार