श्रावण ४, २०८२ आइतबार July 20, 2025

हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो ।

शाक्यमुनि बुद्धको दायाँ भागमा रहेको अमिताप तथा बायाँ रहेको अमोधपास लोकेश्वर र अगाडि रहेको कुलदेवताको नयाँ छानो बनाइनाका साथै विहार पछाडि रहेको सङ्कटाको मन्दिरअर्थात् दिगी छेँमा समेत जमिन सतहबाट काठ ठड्याएर प्रवलीकरण गरी माथिल्लो छानो जीर्णोद्धार गरिने भएको हीरण्यवर्ण महाविहार, विहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताए । उनले भने, “यस विहारभित्रका धार्मिक छाना फेर्नका लागि गत बिहीबार क्षमा पूजा गरेका थियौ ।” भारत सरकारको अनुदानमा नेपाल सरकारअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु १८ करोड १६ लाख ७६ हजारमा सो विहारको माथिल्लो भाग तथा छाना नयाँ बनाउने भएको धाख्वाले जानकारी गराए ।

धार्मिक विश्वासअनुसार विहारभित्र रहेका अष्टधातु तथा सबै लक्षणले युक्त मुख्य आकर्षणका रुपमा रहेका शाक्यमुनि बुद्धका पूजा गर्ने मूल तथा सहायक पुजारीले प्राणीको हिंसा, चोरी, बेभिचार, झुटो, सुरपान, मध्यान्हपछि खाना नखाने, नित्य गायन तथा रसरङ्ग नगर्नाका साथै सुविधायुक्त पलङ्गमा समेत नसुति अष्टशिलको नियम पालन गर्नुपर्ने भएकाले १२ वर्ष उमेर समूहसम्मका बालकले बुद्धको सेवा गर्ने नियम रहेको बताइएको छ ।

बालकको मन स्वच्छ अनि सफा हुने भएकाले विहारभित्र रहनेले दिनमा एक पटक चोखो खाई पवित्र बस्त्र धारण गरी भिक्षु भएर सबैसँग इमान्दार अनि मित्रवत् व्यवहार गरेर मर्यादामा बसी अष्टशिलको सिद्धान्त पालन गर्नेगरेका धाख्वाको भनाइ छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार